मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

महिलालाई बलत्कार गर्न सजिलो बनाउँन खोज्दा…

दैनिक नेपाल २०७६ जेठ ५ गते ७:०९

फाइल तस्बिर

धनगढी, ५ जेठ । कैलाली प्रहरीले महिलालाई बलात्कार गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

महिलालाई जंगलमा लगेर रुखमा बाँधी बलात्कार गर्न खोज्ने कैलारी गाउँपालिका–८ का २४ वर्षे मनीष चौधरीलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो ।

प्रहरीका अनुसार जिल्लाको कैलारी गाउँपालिका–६ को मसुरिया र कनरीबीचमा रहेको भारताल जंगलमा बलात्कार गर्न खोजेको सूचना आएपछि प्रहरीले खोजी कार्य शुरू गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार पीडितलाई त्रास देखाएर जंगलमा लगी सम्पूर्ण कपडा खोल्न लगाएर बलात्कार गर्ने प्रयास गरिरहँदा पीडित महिना भाग्न सफल भएकी थिइन् ।

धनगढीमा पनि बलात्कार गर्न खोजेको आरोपमा अर्का एकजना पक्राउ परेका छन् । हसनपुरमा शुक्रबार राति युवतीको कोठामै प्रवेश गरी जबरजस्ती गर्न खोजेको आरोपमा डोटीका धनकुमार जोशीलाई वडा प्रहरी कार्यालयले धनगढी पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिलबहादुर सिंहका अनुसार धनगढीस्थित हसनपुरका स्थानीय दीपक मल्लको घरमा डेरा गरी बस्दै आएका जोशीले राति साढे १ बजेको समयमा २० वर्षीया युवतीको कोठामै गएर बलात्कारको कोशिस गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित