मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

गर्ल्याम–गुर्लुम ढल्यो सुष्मा महराको ‘शासन’, व्यापारीहरूले लिए कठोर निर्णय

दैनिक नेपाल २०७६ जेठ ४ गते २२:२६

काठमाडौं, ४ जेठ । द काठमाडौं मल व्यापार संघको भेलाले सुष्मा महरा नेतृत्वको कार्यसमितिलाई भङ्ग गरिदिएको छ ।

कर्मचारी सञ्चय कोषको व्यापारिक मल सुन्धारामा शनिबार भएको विशेष भेलाले सुष्माको नेतृत्वको कार्यसमितिलाई बिघठन गरेर शिवप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति बनाएको हो ।

यो कार्यसमितिले सञ्चय कोषसँग वार्ता र सम्वादका साथै सुष्मा नेतृत्वको कार्यसमितिले गरेको अराजक गतिविधिहरूलाई सुधार गरेर लैजाने निर्णय गरेको छ ।

राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष मनोजबाबु श्रेष्ठको आतिथ्यमा सम्पन्न विशेष भेलामा दुई सयभन्दा धेरै व्यवसायीहरूको सहभागिता रहेको थियो ।

‘प्रस्ताव नम्बर ३ उपर छलफल गर्दा यस मलमा विद्यमान विभिन्न संघ संस्था यस भेलाको सर्वसम्मतले विघटन गरेको घोषणा सहित आज बनेको श्री शिवप्रसाद ढकालको संयोजकत्वको समिति मात्र आधिकारिक भएको घोषण गर्ने निर्णय गरियो’, तीन नम्बर निर्णयमा भनिएको छ, ‘भेलाले वर्तमान अध्यक्ष (सुष्मा महरा)लाई मासमा आइ स्पट धारण राख्नको लागि समय र पत्राचार गर्दा पनि अनुपस्थिति भएकोले उहाँको समितिलाई यसै भेलाबाट विघटन गरेको घोषणा गर्दै आजको भेला सम्पन्न गरियो ।’

मलमा हाल भएका गतिविधिले व्यापारी सद्भाव नै विगार्ने माहोल सिर्जना भएको भन्दै भेलाबाट निर्माण भएको कमिटीले व्यापारीमाझ वार्ता सद्भाव र सहकार्य गरी एकआपसमा उत्पन्न भएको तिक्तता अन्त्य गरी व्यावसायिक सद्भाव कायम गर्ने निर्णय गरिएको निर्णयमा उल्लेख छ ।

भेलामा अध्यक्ष सुष्मा श्रेष्ठ (महरा) अनुपस्थिति थिइन् । विभिन्न विवादमा पर्दै आएकी उनको प्रतिक्रिया लिन सकिएन । मोबाइलमा सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

‘भेलाले द काठमाडौं मलमा व्यापार व्यवसायी गरी बसेका हामी व्यवसायी साथीहरू यस मलमा भएका विभिन्न समितिबाट भए गरेको गतिविधिबाट आजित भएको र हालको आवश्यक्ता अनुसार कार्य नभएकाले कर्मचारी सञ्चय कोषसँग वार्ता गरी व्यापार व्यवसायीको हकहितका लागि कानून परामर्श लिइ वार्ता र सम्वाद गर्नको लागि निम्न लिखित व्यापारी सम्मिलित कमिटी निर्माण गर्ने निर्णय गरियो’, दैनिक नेपाल डटकमलाई प्राप्त विशेष भेलाको निर्णयमा उल्लेख छ ।

भेलाले नयाँ कार्यसमितिमा शिवप्रसाद ढकाललाई संयोजक तोकेको छ । सदस्यहरूमा प्रकाश थापा, मुरशी कोइराला, जगदीश गौतम, केशरबहादुर थापा, सरस्वती श्रेष्ठ र उमेश भारती रहेका छन् ।

भेलामा सहभागीहरूले दैनिक नेपाल डटकमलाई धन्यावाद समेत दिएका छन् । व्यवसायीहरूले काठमाडौं मलभित्र ‘सभामुख कृष्णबहादुर महराको बुहारी हुँ’भन्दै धाकधम्की दिएर गलत कार्य गरेकोमा आपत्ति जनाएको एक सहभागीले जानकारी दिए ।

सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले सुष्मा (श्रेष्ठ) महरासँग सभामुख महराको कुनै पनि पारिवारिक सम्बन्ध रहेको बारेमा आफूलाई जानकारी नरहेको बताएका छन् ।

प्रेस सल्लाहकार मल्लले सुष्मा महराको सम्बन्धका बारेमा सभामुख कृष्णबहादुर महरासँग सोधेर जानकारी दिने दैनिक नेपाललाई आश्वासन दिएका छन् ।

भेलामा सहभागी प्रकाश थापाका अनुसार द काठमाडौं मलभित्र व्यापारिक वातावरण बनाइने बताए ।

भेलामा सहभागी भएकाहरूले सुष्मा महरा र उनका पति उज्जवल जंग शाहको गलत क्रियाकलापको समाचार लेखेर भण्डाफोर गरेकोमा दैनिक नेपाललाई विशेष धन्यावाद दिएका छन् ।

दैनिक नेपालले शनिबारको भेलाबाट हटाइएकी अध्यक्ष सुष्मा महरा र उनका पति उज्जवलजंग शाहका हरेक गलत क्रियाकलापको भण्डाफेर गर्दै समाचार सम्प्रेषण गरेको थियो । समाचार लगत्तै काठमाडौं मलका व्यवसायीहरूले भेला बोलाएर नयाँ कार्यसमिति बनाएका हुन् ।

भेलामा मिडियाबाजी गरेर व्यवसायीहरूको चरित्र हत्या गर्ने सुष्मा महरा र उज्जवलजंग शाहलाई कारबाही गर्न पनि माग उठाएको स्रोतले जनाएको छ ।

सृष्मा महरा र उनका पति उज्जवल जंग शाहद्वारा सञ्चालित फेसियल हाउसले प्यान बिल नदिएर उपभोक्तालाई ठगी गरेको उजुरी वाणिज्य विभागमा परिसकेको छ । सो विषयमा विभागले छानविन शुरू गरिसकेको छ ।

यो पनि पढ्नुहाेस् :

अध्यक्ष महराको कर छलीको अबैध धन्दा, बिग्रिए दिनदशा

काठमाडौं मलमा ‘लेडी डन’को आतंक, व्यापारी र प्रहरीहरू आजित

 

प्रतिक्रिया
सम्बन्धित