१९ कार्तिक २०८३, बिहिबार

बुद्ध जन्मजयन्तीका अवसरमा राष्ट्रपति भण्डारीले के भनिन् ?

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको उपदेश पालना गरे देशमा शान्ति र सद्भाव कायम गर्न सकिने बताएकी छन्।

गौतम बुद्धको २५६३औं जन्मजयन्तीका अवसरमा शनिबार शुभकामना जारी गर्दै राष्ट्रपति भण्डारीले बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शन परिपालना गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृति विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्न सकिने धारणा राखेकी हुन्।

जसबाट राष्ट्रिय एकता सुदृढ एवम् सबल बनाउन सकिने उनको विश्वास छ।

विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी समुदायमा शुभकामना व्यक्त गर्दै उनले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्न मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता प्रमुख शर्त भएको उल्लेख गरेकी छन्।

‘यस महत्वपूर्ण अवसरमा समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प साकार पार्न आआफ्ना ठाउँबाट भूमिका निर्वाह गर्न सबै शान्तिप्रेमी दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक आह्वान गर्न चाहन्छु’– राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।

राष्ट्रपति भण्डारीले पवित्र भूमि लुम्बिनीमा जन्मेका राष्ट्रका गौरव बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको आजका दिनमा सहिष्णुता, सद्भाव, अहिंसा एवम् विश्व शान्तिको अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन्।