डडेल्धुरा, ४ जेठ । डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति जगत ऐरसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
क्याम्पसले कर्मचारी भर्नाका लागि लिखित परीक्षा लिएका बेला ऐरको नेतृत्वमा पुगेको टोलीले ढुंगामुढा गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
परीक्षा विथोल्ने उद्देश्यले क्याम्पसको झ्याल ढोका तोडफोड गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेयलले बताए ।
पक्राउ परेका विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।












प्रतिक्रिया