१९ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओली लुम्बिनीमा, भ्रमण वर्ष उद्घाटन गर्ने

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी, ४ जेठ । प्रधानमन्त्री केपी ओली २५६३औँ बुद्धजयन्ती, लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्ष २०७६ को कार्यक्रम आज उद्घाटन गर्ने भएका छन

कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली शुक्रबार साँझ सवा ६ बजे तिलौराकोट आइपुगेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले शुक्रबार बुद्धको क्रीडास्थल तिलौराकोटको अवलोकन पनि गरेका छन् । त्यसक्रममा उनले तिलौराकोटमा गरिएको उत्खनन, अनुसन्धान र संरक्षणले यसको विकासमा टेवा पुग्ने भन्दै तिलौराकोटको विकासलाई संघीय सरकारले पनि प्राथमिकतामा राखेको बताए ।

प्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले तिलौराकोटको ऐतिहासिक पृष्ठभूमि तथा उत्खनन र अनुसन्धानबाट प्राप्त उपलब्धिबारे जानकारी गराएका थिए ।

विगत ६ वर्षदेखि तिलौराकोटमा उत्खनन चलिरहेको छ । वर्षमा दुई महिना मात्र उत्खनन गरिने हुनाले काममा ढिलाइ भएको भिक्षु मैत्रेयले प्रधानमन्त्री ओलीलाई अवगत गराए ।

प्रधानमन्त्रीसँगै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, संघीय सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, नेकपाका महासचिव विष्णु पौडेल पनि तिलौराकोट आएका थिए ।