१९ कार्तिक २०८३, बिहिबार

बुबाको शव डिस्पोज गर्न खोज्ने धुन्दुकारी छोरा पक्राउ

18.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, ३ जेठ । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका २ बलाती गाउँमा बन्चरो प्रहार गरी आफ्नै बुवाको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विष्णु भनिने ४१ वर्षीय दोर्णरत्न पोख्रेल रहेका छन । दोर्णरत्नले बन्चरो प्रहार गरी ७४ वर्षीय बुवा रत्नलाल शर्मा पोख्रेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

भुरिगाउँ बजारमा बस्ने मृतकका बुहारीले फोन गर्दा ससुराले मोबाइल फोन नउठाएपछि शुक्रबार दिउँसो घरमै गएर हेर्दा कोठाभित्र रगत मात्रै देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय भुरिगाउँको प्रहरी टोली घटनास्थलमा पुगेपछि घरभित्र रगत र घर नजिकै करेसाबारीमा शव शंकास्पद अवस्थामा खाल्डो खनी गाडिएको देखेपछि जिल्लामा खबर गरिएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक प्रदीपकुमार डिसीले बताए ।

उत्खनन गर्दा शवको शरीर र टाउको अलग रहेको प्रहरीले जनाएको छ । घरमा बावु छोरामात्र भएको अवस्थामा जेठ १ गते राति हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

हत्या अभियोगमा मृतकका ६ छोरा मध्ये साइला छोरा दोर्णरत्नलाई इलाका प्रहरी कार्यालय भुरिगाउँले पक्राउ गरेको जनाएको छ ।

मृतककी श्रीमती जेठो छोराको घर सुर्खेत गएको र घरमा अरु कोही नभएको अवस्थामा कोठाभित्रै बन्चरो प्रहार गरी हत्या गरेर करेसाबारीमा गाडेको हुनसक्ने प्रहरीले जनाएको छ ।