१९ कार्तिक २०८३, बिहिबार

नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा डिएसपीमाथि मुद्धा

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ३ जेठ । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) बाबुराम अधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनले भारतको उत्तरप्रदेशबाट ल्याएको आईकमको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

अधिकारीले त्यसै प्रमाणपत्रको आधारमा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई लाभ तथा सुविधासमेत लिई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) अनुसारको कसुर गरेकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।