१९ कार्तिक २०८३, बिहिबार

पहिरोमा परेर सडक निर्माण गरिरहेका दुई मजदुर घाइते

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

सांकेतिक तस्वीर

काठमाडाैँ, ३ जेठ । डोल्पाको दुर्गम गाउँमा सडक निर्माणका क्रममा माथिबाट पहिरो आउँदा दुई जना मजदुर गम्भीर घाइते भएका छन् ।

फोक्सुण्डोमा सडक निर्माणको क्रममा पहिरो आउँदा वीरमान सार्की र चक्रबहादुर देबकोटा गम्भीर घाइते भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए ।

दुर्घटनाको खबरलगत्तै पूर्वगृहमन्त्री एवम् नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’को पहलमा नेपाली सेनाको हेलिकोप्टर पठाएर घाइतेहरुको उद्दार गरिएको छ ।

हेलिकोप्टरबाट उद्दार गरेर दुबै घाइतेलाइ नेपालगञ्ज पुर्याइएको प्रभाकरका स्वकीय सचिव श्रीकुमार कठायतले जानकारी दिए ।