
काठमाडाैँ, ३ जेठ । काठमाडौँ मलअघि पानी ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रे पनौती घर भई काँडाघारी बस्ने २३ वर्षीया सुनिता केसी रहेकी छिन् । ना २ ख ४२२२ नम्बरको ट्याङ्करले बा ३७ प ११६६ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान सवा १० बजेतिर काठमाडौँ मलअघि ठक्कर दिएको थियो ।
मोटरसाइकलमा केसीसँगै उनका पिता रामशरण केसी रहेका थिए । दुर्घटना लगत्तै दुवै जनालाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको थियो ।
सुनिताको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको । प्रहरीले ट्याङ्कर चालक अमर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया