१९ कार्तिक २०८३, बिहिबार

शताब्दी पुरुष सत्यमोहन जोशीसँग चिनियाँ राजदूतको भेट

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


ललितपुर, ३ जेठ । संस्कृतिविद, वाङमय शताब्दी पुरुष, महाविद्यावारिधि सत्यमोहन जोशीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटघाट गरेकी छन् ।

शुक्रबार ललितपुरको बखुम्बहालस्थित जोशीको निवासमै पुगेर भेटघाट गरेकी हुन् । १०० वर्र्षे जीवनयात्रामा रहेका संस्कृतिविद, वाङमय शताब्दी पुरुष, जोशी र चिनियाँ राजदूतबिच झण्डै ४५ मिनेट भलाकुसारी भएको थियो ।

भेटका क्रममा राजदूत यान्छीले जोशीको सुस्वास्थ्य एवं दीर्घजीवनको कामना समेत व्यक्त गरिन् ।

भेटका क्रममा संस्कृतिविद जोशीले अरनिकोको बारेमा आफूले लेखेका कृतिहरु, अरनिको, नेपाल र चीनबिचको सम्बन्धको बारेमा चिनियाँ राजदूतलाई जानकारी समेत गराए । जोशीले चिनियाँ साहित्यमा आफूले गरेका अध्ययन, अनुसन्धाका विषयमा समेत जानकारी गराएका थिए ।

राजदूत यान्छीले जोशीलई चिन भ्रमणका लागि प्रस्ताव समेत गरेकी थिइन् । जोशीले आफ्नो स्वास्थ्य अवस्था र उमेरका कारण भ्रमणका लागि असमर्थ रहेको कुरा व्यक्त गरे ।

भेटका क्रममा राजदूत यान्छीले जोशीलाई दीर्घजीवन र सुस्वास्थ्यको कामना मायाको चिनो प्रदान गरिन् । यससँगै ललितपुर महानगरपालिकाकातर्फबाट प्रमुख चिरीबाबु महर्जनले मन्छिन्द्रनाथको रथ प्रदान गरे ।

जोशीसँगको भेटमा ललितपुर महानगरपालिकाका प्रमुख महर्जन, ललितपुर महानगरका प्रवक्ता राजु महर्जन, ललितपुर महानगर वडा नं. ३ का अध्यक्ष श्रीगोपाल महर्जन, उद्योग वाणिज्य संघ ललितपुरका पूर्वअध्यक्ष अजरमान जोशी समेतको उपस्थिति रहेको थियो ।