१९ कार्तिक २०८३, बिहिबार

सिरहाको लहानमा बसको ठक्करबाट एक जनाको मृत्यु

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, ३ जेठ । सिरहाको लहान नगरपालिका १२ पडरियास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा पर्ने पडरिया चौकमै बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु भएका व्यक्ति सिरहाको धनगढीमाई नगरपालिका ११ बस्ने २३ वर्षीय ओम मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

प्रहरी निरीक्षक मिलन बस्नेतको अनुसार पूर्व तर्फबाट आउँदै गरेको ना।६ ख।७८६४ नम्बर प्लेट भएको यात्रुभएका बसको ठक्करबाट गम्भिर घाइते भएका छन ।

घाइते भएका ओम मण्डललाई अस्पताल लैजाने क्रममै मृत्यु भएको थियो । बस र चालक झापाको मेची नगरपालिका ११ बस्ने ४२ वर्षीय लक्ष्मीप्रसाद दंगाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।