आइतबार, ५ जेठ २०७६
DainikNepal.com
आइतबार, ५ जेठ २०७६

सल्यानका राजमार्गमा अवरोध गरे ठाउँका ठाउँ कारवाही

दैनिक नेपाल २०७६ जेठ २ गते १८:१५


सल्यान, २ जेठ । राप्ती राजमार्गमा हुने अबरोध हटाउनको लागि सल्यानमा पहल थालिएको छ । राप्ती राजमार्ग अन्तरगत सल्यान दाङ सिमानादेखी सल्यान रुकुम सिमाना सम्मको सडकमा हुने अबरोधलाई हटाउनको लागि सल्यानमा पहल थालिएको हो ।

जथाभावी गाडी पार्किङ, निर्माणका सामाग्री सडकमा थुपार्ने, सडक अबरोध गर्ने, चक्काजाम गर्ने जस्ता कार्य नियन्त्रण गरी राजमार्ग सुचारु गर्नका लागि सल्यानमा पहल थालिएको प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानले जानकारी दिए ।

जिल्लासँग जोडिएका तथा भित्री मार्गहरुमा रहेका सडक संजाल अवरुद्द भए तत्कालै खुलाइने प्रजिअ न्यौपानेले बताए । यात्रुहरुको सहजताका लागि विभिन्न बहानामा हुने सडक खुलाउन यहाँका केही स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी समिति, यातायात प्रालि र प्रहरी प्रशासन सबैले सामुहिक प्रतिबद्धता समेत जनाएका छन् ।

बिकास निर्माणका कामहरु सञ्चालन गर्दा सडक अबरोध गर्नेलाई कारबाही समेत गरिने भएको छ । बिकास निर्माणका कामहरु सँगै सहायक सडकहरु निर्माण गर्दा मुख्य राजमार्गको स्वरुपमा परिबर्तन ल्याउने तथा राजमार्गमा जथाभावी निर्माण सामाग्री थुपारी सडकमा अबरोध सिर्जना गर्ने बिरुद्ध तत्काल कानुनी कारबाही बढाउने निर्णय भएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय सल्यानमा सम्पन्न सरोकारवालाहरुको बैठकले बिभिन्न मागहरु राखेर सडक अबरोध, बन्द, हड्ताल, चक्काजाम, चोरी, डकैती, सवारी दुर्घटना, प्राकृतिक प्रकोपबाट हुने अबरोध, बिकास निर्माणका कार्यहरुबाट हुने अबरोध, पशु चौपाया, बाल बच्चाहरु सडकमा छाडी हुनसक्ने दुर्घटनाका बारेमा स्थानीय तहहरुले आवश्यक नीति तथा कार्ययोजना निर्माण गरेर कार्यान्वयन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।

यस्तै, अबरोध भएको सडक खुलाउन आवश्यक पर्ने औजार, उपकरण तथा जनशक्ति र सडक डिभिजन कार्यालय तथा सम्बन्धित पालिकामा उपलब्ध अन्य स्रोत साधनहरुको बिबरण तयार पारेर परिचालन गरिने भएको छ ।

कुनै पनि कारणले १० मिनेट भन्दा धेरै समय सम्म राजमार्ग अवरुद्द गर्न नमिल्ने भन्दै यदि कुनै कारणले राजमार्ग अवरुद्द भएमा समयमै यातायात सुचारु गर्न सबै स्थानीय तहले एकअर्का पालिकालाई सहयोग गर्ने भएका हुन् ।

राजमार्ग अवरुद्द हटाउने बारे जिल्ला प्रशाशन कार्यालयले बुधवार आयोजना गरेको कार्यक्रममा यहाँका दशवटै स्थानीय तहलाइ बोलाएपनि केही स्थानीय तहले खाशै चासो नदिएको भन्दै प्रमुख जिल्ला अधिकारीले गुनासो गरेका छन् । उनले यस्तो महत्वपुर्ण कार्यका लागी सबैले चासो देखाउनु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित