मंगलबार, ३१ असार २०७६
DainikNepal.com
मंगलबार, ३१ असार २०७६

१५ वर्षीया बालिका बलात्कार अभियोगमा एक जना पक्राउ

दैनिक नेपाल २०७६ जेठ १ गते १२:४८

मकवानपुर, १ जेठ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका-२ संगम चोक डेरा गरी बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही उपमहानगरपालिका-५ पिप्लेकुना बस्ने ४२ वर्षीय हिरालाल चौलागाईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनले ती बालिकालाई गत शनिबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चौलागाईलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित