आइतबार, ५ साउन २०७६
DainikNepal.com
आइतबार, ५ साउन २०७६

यी हुन् नेकपाको पोलिटब्यूरोमा अटाएका नेताहरु (नामसहित)

दैनिक नेपाल २०७६ जेठ १ गते १२:३७

काठमाडौँ, १ जेठ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको पर्सी शुक्रबार एक वर्ष पुग्दैछ । दुई पार्टी मिलेर बनेकाे नेकपाले एक वर्षसम्म पनि एकतालाई पूर्णता दिन सकेकाे छैन ।

केन्द्रीय सचिवालय, स्थायी समिति सदस्य, केन्द्रीय समिति सदस्य, प्रदेश पदाधिकारी र जिल्ला पदाधिकारी टुङ्ग्याएको नेकपाले पाेलिटब्यूराे गठन, जवस तथा प्रवास सङ्गठनको एकता टुङ्ग्याउन सकेको छैन । यद्पी,  नेताहरु एकताकाे सबै काम सकिने चरणमा रहेको बताउँदै आएका छन् ।

एक हप्ते विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ स्वेदश आइपुग्दैछन् । उनी आएपछि सचिवालयको बैठक बसेर एकताका बाँकी काम टुङ्ग्याउने नेताहरुले बताएका छन् । जेठ ३ गते (एकता घोषणा भएको दिन)भित्र एकताका काम सक्न नेताहरुलाई दबाब छ ।

नेकपा स्राेतका अनुसार जटिल मानिएको पोलिटब्यूरो गठनको काम भने सकिएको  छ । अब बस्ने सचिवालय बैठकले ती नाम अनुमोदन गरेर घोषणा गर्नेछ । १४७ सदस्यीय पोलिटब्यूरोमा ८१ जना पूर्वएमाले र ६६ जना पूर्वमाओवादी तर्फबाट चयन गरिएको छ।

पूर्वएमालेको तर्फबाट पहिलेका ५९ जनामा २२ जना थप गरिएको छ भने पूर्वमाओवादीको तर्फबाट अहिले स्थायी समितिमा रहेका १९ जना र थप ४७ जना गरि ६६ पुर्याइएको छ।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माधव नेपाल, रामबहादुर थापा र महासचिव विष्णु पौडेलको कार्यदल बैठकले २५ वैशाखमा पोलिटब्यूरोको अन्तिम सूची तयार गरेको हो। ओली भियतनाममा रहेका बेला काठमाडौंमा कार्यदलका बाँकी चार जनाको बैठक बसेपनि पोलिटब्यूरो सूचीमाथि थप छलफल भएन ।

 

हेर्नुहाेस् सूची :

पूर्वएमालेको तर्फबाट पहिले पोलिटब्यूरो सदस्य रहेका यी ५९ जना नेकपाको पोलिटब्यूरोमा रहनेछन्ः

१. केपी शर्मा ओली
२. माधव नेपाल
३. झलनाथ खनाल
४. वामदेव गौतम
५. अष्टलक्ष्मी शाक्य
६. भीम रावल
७. ईश्वर पोखरेल
८. विष्णु पौडेल
९. घनश्याम भुसाल
१०. पृथ्वीसुब्बा गुरुङ
११. प्रदिप ज्ञवाली
१२. भीम आचार्य
१३. गोकर्ण विष्ट
१४. योगेश भट्टराई
१५. किरण गुरुङ
१६. छविलाल विश्वकर्मा
१७. बेदुराम भुसाल
१८. मुकुन्द न्यौपाने
१९. विष्णु रिमाल
२०. युवराज ज्ञवाली
२१. रघुजी पन्त
२२. रघुवीर महासेठ
२३. सत्यनारायण मण्डल
२४. सुरेन्द्र पाण्डे
२५. शंकर पोखरेल
२६. सुवास नेम्वाङ
२७. अरुण नेपाल
२८. काशीनाथ अधिकारी
२९. गंगालाल तुलाधर
३०. थममाया थापा
३१. नागेन्द्र चौधरी
३२. प्रदिप नेपाल
३३. प्रकाश ज्वाला
३४. परशुराम मेघी गुरुङ
३५. पशुपति चौलागाई
३६. विन्दा पाण्डे
३७. भानुभक्त ढकाल
३८. महेन्द्र पाण्डे
३९. यामलाल कँडेल
४०. राजेन्द्रप्रसाद पाण्डे
४१. राधा ज्ञवाली
४२. रामप्रित पासवान
४३. लालबाबु पण्डित
४४. विजय पौडेल
४५. श्रीमाया थकाली
४६. कर्ण थापा
४७. गोकुल घर्तीमगर
४८. गोरख वोेगटी
४९. गौरा प्रसाई कोईराला
५०. जगत विश्वकर्मा
५१. जगन्नाथ खतिवडा
५२. तुलवहादुर गुरुङ
५३. दलवहादूर राना
५. डा. वंशीधर मिश्र
५५. भागवत विश्वासी
५६. युवराज कार्की
५७. योगनारायण यादव
५८. शत्रुध्न महतो
५९. शेरधन राई

यी हुन्, पूर्वएमालेको तर्फबाट नेकपाको पोलिटब्यूरोमा छनोट भएका नयाँ २२ जना :

१. केदार न्यौपाने
२. कृष्णगोपाल श्रेष्ठ
३. घनेन्द्र बस्नेत
४. देवराज घिमिरे
५. खगराज अधिकारी
६. धर्मनाथ साह
७. गुरु बराल
८. नरेश खरेल
९. भानुभक्त जैशी
१०. विजय सुब्बा
११. शेरबहादुर तामाङ
१२. वैजनाथ चौधरी
१३. केशवलाल श्रेष्ठ
१४. शुशीला नेपाल
१५. जयन्ती राई
१६. कल्याणी खड्का
१७. गरिमा शाह
१८. चुडामणी जंगली
१९. नजिर मियाँ
२०.जीवनराम श्रेष्ठ
२१. रामचन्द्र यादव
२२. गौरी ओली

पूर्वमाओवादीतर्फका स्थायी समिति सदस्य जो, पोलिटब्यूरोमा स्वतः छनोट भएका छन् :

१. पुष्पकमल दाहाल (प्रचण्ड)
२. नारायणकाजी श्रेष्ठ
३. रामबहादुर थापा (बादल)
४. देव गुरुङ
५. टोपबहादुर रायमाझी
६. गिरिराजमणि पोखरेल
७. हरिबोल गजुरेल
८. अग्नि सापकोटा
९. बर्षमान पुन
१०. शक्ति बस्नेत
११. जनार्दन शर्मा
१२. पम्फा भुसाल
१३. मात्रिकाप्रसाद यादव
१४. गणेश साह
१५. लेखराज भट्ट
१६. देवेन्द्र पौडेल
१७. चक्रपाणि खनाल
१८. लिलामणि पोखरेल
१९. मणि थापा

यी हुन्, पूर्व माओवादीको तर्फबाट पोलिटब्यूरोमा थपिएका ४७ सदस्य :

१. हितमान शाक्य
२. कुलप्रसाद केसी
३. जयपुरी घर्ती
४. दिनानाथ शर्मा
५. हितराज पाण्डे
६. विश्वनाथ साह
७. डिलाराम आचार्य
८. उर्मिला अर्याल
९. ओनसरी घर्ती
१०. प्रभु साह
११. प्रल्हाद बुढाथोकी
१२. सुनिल मानन्धर
१३. सुरेन्द्र कार्की
१४. जोखबहादुर महरा
१५. नारायण दाहाल
१६. सन्तु दराई
१७. गणेशमान पुन
१८. हितबहादुर तामाङ
१९. जगप्रसाद शर्मा
२०.कालीबहादुर मल्ल
२१. कमला रोक्का
२२. झक्कु सुवेदी
२३. हरिराज अधिकारी
२४. सुरेशकुमार राई
२५. शशी श्रेष्ठ
२६. डिआर पौडेल
२७. रेखा शर्मा
२८. पूर्णकुमारी सुवेदी
२९. टेकबहादुर बस्नेत
३०. खगराज भट्ट
३१. महेश्वर गहतराज
३२. अन्जना विशंखे
३३. राजु खड्का
३४. कृष्णध्वज खड्का
३५. श्रवण यादव
३६. मायाप्रसाद शर्मा
३७. यशोदा सुवेदी
३८. अमृता थापा
३९. सूर्यप्रसाद सुवेदी
४०. सावित्रीकुमार काफ्ले
४१. महेश्वर दाहाल
४२. रामचन्द्र झा
४३. दिलीप प्रजापति
४४. श्रीराम ढकाल
४५. महेन्द्र पासवान
४६. अजम्बर काङवाङ
४७. सुरेश आले मगर

प्रतिक्रिया
सम्बन्धित