आइतबार, ५ जेठ २०७६
DainikNepal.com
आइतबार, ५ जेठ २०७६

यस्तो छ आज देशभरको मौसमी अवस्था

दैनिक नेपाल २०७६ जेठ १ गते ११:०१

काठमाडाैँ, १ जेठ । बुधबार काठमाडौं उपत्यकासहित देशभर सामान्तया मौसम सफा रहेको छ । मौसमविद्का अनुसार पूर्व र पश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली देखिए पनि अहिले कतै पानी परेको छैन।

साँझपख भने देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

पानी नपरेका कारण तराई क्षेत्रमा तापक्रम केही बढेको भए पनि साँझतिर मौसम बदली हुने भएकाले गर्मी बढ्न नपाउने उनको अनुमान छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पूर्वी र मध्य भूभागका थोरै स्थानमा र पश्चिम पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

प्रि-मनसुन भएकाले वर्षासँगै चट्याङ र हुरीको सम्भावना स्वतः रहने वरिष्ठ मौसमविद् पौडेलको भनाइ छ। तर, त्यस्तो डराउनुपर्ने खालको भने नभएको उनले बताए ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको मौसम अनुमानः

जेठ १ गते बुधबार

दिउँसो- देशको पूर्वी मध्य भूभाग तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ। देशका पूर्वी र मध्य भूभागका थोरै स्थानमा र पश्चिम पहाडी भूभागका १/२ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति- देशका पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ। देशका पूर्वी भूभागका १/२ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

जेठ २ गते बिहिबार

दिउँसो- देशको पूर्वी र मध्य भूभाग तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पूर्वी र मध्य भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भूभागका १/२ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति- देशको पुर्वि भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ। देशका पूर्वी भूभागका १/२ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

जेठ ३ गते शुक्रबार

दिउँसो- देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ। देशका पूर्वी र पश्चिमी पहाडी भूभागका १/२ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति- देशका पहाडका भूभागमा आंशिक बदलि रही बांकी भूभागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भूभागका १/२ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया
सम्बन्धित