३१ आश्विन २०८३, शनिबार

निरंकुश बन्यो चीन, विकिपेडियाका सबै भाषागत संस्करणमाथि प्रतिबन्ध

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १ जेठ । चीनका प्रमुख क्षेत्रमा विकिपेडीमाथि प्रतिबन्ध लागेको छ । विकिपेडियाका सबै भाषागत संस्करणमाथि प्रतिबन्ध लागेको हो ।

चीनका प्रमुख क्षेत्रमा गएको अप्रिलदेखि नै प्रतिबन्ध लागेको विकिपेडिया फाउन्डेशनले पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ ।

इन्टरनेटमाथिको सेन्सरसिपबारे अनुसन्धान गर्दै आएकाहरुले चीनमा विकिपेडिया ती हजारौँ वेबसाइटमा समाविष्ट छ जसमाथि चीनमा प्रतिबन्ध लागेको छ वा पहुँच दिइएको छैन ।

यसअघि चिनियाँ भाषाको विकिपेडिया संस्करणमा मात्रै प्रतिबन्ध लागेको थियो । विकिपेडियालाई स्वतन्त्ररुपमा सम्पादन गर्न मिल्ने इनसाइक्लोपेडियाका रुपमा लिने गरिन्छ ।

सन् २०१७ मा टर्की तथा यो वर्ष भेनेजुएलाले पनि विकिपेडियामाथि प्रतिबन्ध लगाएका छन् ।