आइतबार, ५ जेठ २०७६
DainikNepal.com
आइतबार, ५ जेठ २०७६

मैलुङ–स्याफ्रुबेँसी सडक बुधबार दिनभर बन्द

दैनिक नेपाल २०७६ जेठ १ गते १०:१५

रसुवा, १ जेठ । केही समयअघिदेखि सञ्चालनमा आएको मैलुङ–स्याफ्रुबेँसी सडक बुधबार दिनभर बन्द हुने भएको छ ।

सडक खण्डको त्रिशूली खोलामा ढलान गर्न लागिएकाले एक दिनका लागि सडक बन्द गर्न लागिएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ ।

चिनियाँ टोलीले बुधबार ढलान गर्नेछन् । ढलान एकै दिनमा सुक्ने भएकाले बिहिबारदेखि सडक नियमित सञ्चालनमा आउने छ ।

गएको जेठ ६ गते सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो । त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नति हुन सकेको थिएन् ।

सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) असारमा सकाएर काम सुरु गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको थियो ।

वर्षाको समयमा सडकमा पहिरोले थप क्षति गरेपछि निर्माण गरिएको डीपीआर संशोधन गर्न परेको कारण निर्माण कार्य पछि धकेलिएको थियो । यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ ।

बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।

प्रतिक्रिया
सम्बन्धित