३१ आश्विन २०८३, शनिबार

उत्तर कोरियाको कार्गाे पानी जहाज अमेरिकाले चोर्‍यो !

10.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्योङ्याङ,  ३१ बैशाख । अमेरिकाले आफ्नो कार्गो पानी जहाज चोरेको उत्तर कोरियाले आरोप लगाएको छ । मंगलबार उत्तरको विदेशमन्त्रालयले अमेरिकाले आफ्नो कार्गो जहाज चोरेको उत्तर कोरियाली समाचार संस्था केसीएनएमार्फत उल्लेख गरेको हो।

उक्त जहाज चाँडो फिर्ता गर्न उत्तर कोरियाले माग गरेको छ। उत्तरले शिखरवार्ताको अवज्ञा गर्दै अमेरिकाले आफ्नो कार्गो पानी जहाज चोरेको आरोप लगाएको छ।

गत हप्ता मात्र अमेरिकाको न्याय मन्त्रालयले कोइला बोक्ने पानीजहाज प्रयोग गरेर प्योङ्याङले अन्तराष्ट्रिय प्रतिबन्धको उल्लङ्घन गरेको दाबी गरेको थियो।

वाइज अनेस्ट नामक सो पानीजहाज इन्डोनेशियाको जलक्षेत्रबाट कब्जामा लिइएको बताइएको छ। उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिकाले आफ्नो देशलाई अधिकतम दबाब दिएर आत्मसमर्पण गराउने प्रयास गरेको आरोप लगाएको छ।

गत फेब्रुअरीमा किम र ट्रम्पबीचको दोस्रो शिखरवार्ता असफल भएको थियो । वार्तामा उत्तर कोरियाले आफूमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग उठाएको थियो।

अमेरिकाले आशिंक फुकुवामात्र गर्ने भनेपछि वार्ता असफल भएको थियो। त्यसयता उत्तर कोरियाले गतवर्षको शिखरवार्ताको सम्झौतालाई तोडेर क्षेप्यास्त्र परिक्षण सुरु गरेको छ । -एजेन्सी