१९ कार्तिक २०८३, बिहिबार

यौन व्यवसायमा प्रहरी निगरानी : एकै रातमा डेढ सय पक्राउ

15k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट अनैतिक क्रियाकलाप संलग्न रहेको अभियोगमा पुरुष र महिला गरी १ सय ५१ जनालाई पक्राउ गरेको छ ।

समाजमा विकृति फैलनेगरी अनैतिक क्रियाकलाप भइरहेको भन्ने सूचना पाएपछि खटिएको प्रहरीले काठमाडौंका गोंगबु, रत्नपार्क, रणोदीप चोक लगायतका विभिन्न स्थानबाट सोमबार राति उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।