कोलोम्बो, ३१ वैशाख । श्रीलंकामा पछिल्लो समय मुसलमानमाथि हिंसा बढेको छ । मुसलमानमाथिको हिंसा बढेपछि सरकारले देशभर रातिको समयमा कर्फ्यू लगाएको छ ।
मस्जिद तथा मुसलमानका व्यापारिक प्रतिष्ठानलाई लक्षित गरि आक्रमण भइरहेका छन् ।
यस्ता हिंसामा अहिलेसम्म कसैको ज्यान गएको खबर छैन तर आक्रमण रोकिएको छैन । कयौँ क्षेत्रमा प्रहरीले भिड तिरवितर पार्न हवाई फायर गर्नु परेको छ । यस्तै प्रहरीले अश्रु ग्यासको पनि प्रयोग गरेको छ ।
गएको मार्च २१ अर्थात इस्टरको दिन राजधानी कोलम्बो र आसपासका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटललाई लक्षित गरि भएको आक्रमणमा कम्तिमा २५० जनाको ज्यान गएको थियो ।















प्रतिक्रिया