१९ कार्तिक २०८३, बिहिबार

भ्रष्टाचारलाई मलजल गर्ने सरकार मिडियालाई नियन्त्रण गर्न चाहन्छ : संयोजक मिश्र

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ३० बैशाख । साझा विवेकशील पार्टीका संयोजक रबीन्द्र मिश्रले सरकारले आफ्ना असफलतालाई ढाकछोप गर्न मिडियालाई नियन्त्रण गर्न लागेको आरोप लगाएका छन् ।

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकका सम्बन्धमा पत्रकार सम्मेलन गरी सोमबार साझा विवेकशीलले सरकारको डेढ वर्षे कार्यकाल अलोकप्रिय भएको भन्दै असफलता लुकाउन मिडिया नियन्त्रणमा लागेको दावी गरेको हो ।

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकप्रति साझा विवेकशील पार्टीको गम्भिर आपत्ति जनाउँदै विवेकशीलले भनेको छ,  ‘नेपाली प्रेसले प्राप्त गरिसकेको हक र अधिकार कुण्ठीत गराएर सरकारका अकर्मण्यता, वेथिति र भ्रष्टाचारलाई मलजल गर्ने प्रयासविरुद्ध खवरदारी गरिरहेको नेपाली मिडियालाई नियन्त्रण गर्ने सरकारको कुचेष्टा ‘अनुदार लोकतन्त्र’ उन्मुख छ भन्ने हाम्रो ठहर हो।’

मिडिया काउन्सिल सम्बन्धी विधेयक संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस तथा स्वतन्त्रताको प्रत्याभूतिविरुद्ध भएको भन्दै तत्काल फिर्ता गर्न उसले माग समेत गरेको छ ।

भ्रष्टाचार र कुशासन नियन्त्रण गर्न नसक्ने सरकारहरू सधैँ मिडियालाई नियन्त्रण गर्न चाहानले विवेकशीलले टिप्पणी गरेको छ । ‘सत्तारुढ दलका शिर्ष नेताहरुले नै स्वास्थ्य, शैक्षिक, आर्थिक र भूमी माफियासँग हिमचिम बढाइरहेको प्रमाण नेपाली मिडियाले सार्वजनिक गर्न थालेपछि आत्तिएका नेताहरूले मिडियालाई आफ्नो ‘मुख्य दुश्मन’ ठान्नु स्वभाविक छ’, उसले भनेको छ ।

यस्तै, स्वार्थको वझान (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) हुन नदिन तथा स्वतन्त्र र जिम्मेवार प्रेसको रक्षा गर्न पत्रकारहरुको दलैपिच्छे रहेका भगिनी संगठन भङ्ग गर्नुपर्ने साझा विवेकशीलले माग गरेको छ ।