
काठमाडाैँ, ३० बैशाख । इलाका प्रहरी कार्यालय अनारमनी (विर्तामोड) झापाकाका डिएसपी सुवास खड्का कारवाही परेका छन् ।
आफ्नो कार्यकक्षको कुर्सीमा बसेर अर्कै एक व्यक्तिले खिचेको फोटो सार्वजनिक भएलगत्तै डिएसपी खड्का कारवाही परेका हुन् । खड्कालाई एक नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरमा तानिएको छ ।
एक नम्वर प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजालले प्रहरी संगठनको हित र मर्म विपरित काम गर्ने जो कोहीलाई पनि छुट नहुने बताए ।
डिएसपी खड्का नभएको मौका पारेर उनकै कार्यकक्षको कुर्सीमा नेम प्लेट र प्रहरीको झण्डा टेवलमा राखेर तस्विर खिच्ने झापाको दमक घर बताउने ३० वर्षिय हर्कराज गुरुङ आइतबार नै पक्राउ परेका छन् । उनलाई अभद्र व्यवहार तथा साइबर क्राइम अन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ ।
डिएसपी खड्का काठमाडौंबाट सरुवा भएर चार महिना अघि इलाका प्रहरी कार्यालय अनारमनी पुगेका थिए । २०७५ साल माघ ७ गते विर्तामोड प्रहरी इन्चार्ज भएका डिएसपी खड्का ५ महिना नबित्दै कारवाहीमा परेर तानिएका हुन् ।















प्रतिक्रिया