१९ कार्तिक २०८३, बिहिबार

१६ लाख अबैध भारुसहित ५ जना नेपाली ठमेलबाट पक्राउ

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ३० बैशाख । प्रहरीले काठमाडाैँकाे ठमेलबाट प्रतिबन्धित भारतीय रुपैयाँ १६ लाखसहित ५ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसरको टोलीले ठमेलको ब्लु-मुन होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिबन्धित नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा छापा हानेको प्रहरी १६ लाख भारुसहित ५ जनालाई पक्राउ गरेको परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

पक्राउ पर्नेमा दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापामगर, धादिङका शम्भु परियार, काभ्रेपलान्चोकका धनध्वज तामाङ र राजेन्द्र घिसिङ छन्।