काठमाडौं, ३० वैशाख । काठमाडौंसहित देशका धेरैजसो पहाडी भेगमा सोमबार मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।
मौसम आशिंकदेखि सामान्यसम्म बदली भई बेलुकीपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभाव र स्थानीयवायुको प्रभावका कारण पानी पर्ने सम्भावना रहेको मौसमविदले बताए ।
बंगालको खाडीमा बनेको न्यूनचापीय रेखाका कारण पूर्वका धेरैजसो ठाउँमा मेघ गर्जनसहित पानी पर्ने र हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ ।












प्रतिक्रिया