१९ कार्तिक २०८३, बिहिबार

भालुबाङमा चितुवाको छालासहित ३ जना पक्राउ

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, २९ वैशाख । दाङ जिल्लाको भालुबाङमा चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा प्रहरीले वैशाख २९ गते बिहान साढे १० बजे राप्ती गाउँपालिकाको वडा नम्बर १ भालुबाङ बजारबाट तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नारायणप्रसाद खनालको छोरा वर्ष २० का विष्णु खनाल, दुर्गाप्रसाद भण्डारीका छोरा वर्ष २६ को शालिकराम भण्डारी र बेगम भण्डारीका छोरा वर्ष ३२ को दीपक भण्डारी रहेका छन् ।

भालुबाङ बजारमा शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई चेक जाँच गर्दा सेतो प्लाष्टिकको बोराभित्र छिपाई राखेको ध्वासे चितुवाको छाला फेला परेको दाङ प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ईलाका प्रहरी कार्यालय भलुवाङले उनीहरूलाई डिभिजन वन कार्यालय लमहीको जिम्मा लगाएको छ ।