म्यानमार, २९ वैशाख । म्यानमारमा आइतबार एउटा यात्रुवाहक जहाज दुर्घटना हुनबाट जोगिएको छ ।
पाइलटको निकै सावधानीपूर्ण निर्णय कौशलले उक्त जहाज ल्याण्डिङ चक्काबिनै सुरक्षित अवतरण भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यंगुनबाट उडेको म्यानमार नेसनल एयरलायन्सको युबी १०३ उडान नम्बरको एम्ब्राएर १९० जहाज बिहान ९ बजेतिर मण्डाले विमानस्थलमा अवतरण हुन खोज्दा अगाडिको चक्का खुलेको थिएन ।
पाइलटले जहाजको नाक रन वेमा जोतेर जहाजलाई दुर्घटना हुनबाट जोगाए । जहाज रोकिएको केहीबेरमा यात्रु र चालक दलका ८२ जनालाई तत्काल बाहिर निकालिएको थियो ।
जहाजका पाइलट क्याप्टेन म्यात मोङ आङ यसअघि दुई पटक उक्त विमानस्थल गएका थिए । ल्याण्डिङ गेयरले काम नगरेको थाहा पाएपछि उनले पहिला जहाजको इन्धन सकेका थिए किनकी धेरै इन्धनमा ल्याण्ड गर्दा भार बढी हुन्छ ।















प्रतिक्रिया