
काठमाडौँ, २८ बैशाख । महोत्तरी कला साहित्य संगीत प्रतिष्ठान नेपाल गठन भएको छ । शनिबार काठमाडाैँमा पत्रकार सम्मेलन गरि साईमोन थापाको अधक्ष्यतामा समिति गठन भएको जानकारी दिइएको हो ।
समितिको उपाधक्ष्यमा अस्मिन श्रेष्ठ, महासचिबमा धावा लामा, सचिब लक्ष्मण बस्नेत, कोषाधक्ष्य आभाष श्रेष्ठ रहेका छन् । त्यस्तै, सदस्यहरुमा सालिनी मगर, ललन मण्डल, रन्जिता कुमारी श्रेष्ठ र सृष्टि भट्टराई रहेका छन् ।
महोत्तरी कला साहित्य संगीत प्रतिष्ठान नेपालले महोत्तरी जिल्ला भित्र रहेका सम्पूर्ण कलाकारहरुलाई समेट्दै राष्ट्रिय स्तरमा एउटा छुट्टै पहिचान स्थापित गर्ने, कलाकारहरुको हकहितमा लड्ने बताएको छ ।
यसैगरी, जिल्लामा भएका सम्पूर्ण कलाकारहरुलाई एकजुट गराउने र विभिन्न कार्यक्रमहरु आयोजना गर्दै सम्पूर्ण कलाकार, कलाप्रेमीहरुलाई राष्ट्रिय हकहितमा अघि बढ्न अभिप्रेरित गर्ने उदेश्यले यस समिति गठन गरिएको संस्थाका महासचिब धावा लामाले बताए ।












प्रतिक्रिया