
काठमाडाैँ, २८ बैशाख । दैलेखको गुराँस गाउँपालिका-४ सियाकोटनजिक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा सुर्खेतको लेकवेशी नगरपालिका-१० का २८ वर्षीय शेरबहादुर थापा छन् । उनी साेही ट्रकका चालक हुन् । यस्तै, ट्रकका सहचालक गम्भीर घाइते भएका छन् । उनको नाम र ठेगाना खुल्न सकेको छैन ।
जुम्लाबाट सुर्खेत आउँदै गरेको भे१क १०८४ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो। दुर्घटनामा घाइने चालक थापाको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया