कावासोती, २८ वैशाख । नवलपुरको कावासोती नगरपालिका वडा नं. १५ मा रहेको अमलटारी मध्यवर्ती होमस्टे जादै हुनुहुन्छ भने प्लाष्टिकको झोला लिएर नजानुहोला । अमलटारी होमस्टे क्षेत्रदेखि मुसहर बस्तीसम्मलाई पूर्ण प्लाष्टिक मुक्त क्षेत्र घोषणको तयारीका साथ काम तिब्र पारिएको छ ।
कावासोती १५ नं. बडालाई २०७८–७९ भित्र पूर्ण प्लाष्टिक मुक्त गर्ने उदेश्यका साथ अहिले हमार दिगो गाँउ पर्यटन सहकारी र महिला सञ्जालको सहभागीतामा काम भईरहेको छ ।
वडा नं. १५ लाई ५ बटा टोल सुधार समिति गठन गरी एक आर्थिक बर्षमा एक टोल सुधार समितिलाइ क्रमिक रुपमा प्लाष्टिक मुक्त क्षेत्र धोषणा गर्न लागीएको कावासोती नगरपालिका १५ का अध्यक्ष देवराज महतोले जानकारी दिए । अध्यक्ष महतोका अनुसार आर्थिक बर्ष ०७५/०७६ मा होमस्टे रहेको बाघखोर क्षेत्रलाई पहिलो प्लाष्टिक मुक्त क्षेत्र बनाउन लागीएको छ ।













प्रतिक्रिया