
काठमाडौं, २६ वैशाख । प्रहरीले अवैध लागूऔषध सहित एक युवालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-८ पशुपतिस्थित दाउरा डिपोबाट पशुपति बस्ने कास्की पोखरा घर भएका ३९ वर्षीय टेकनाथ आचार्यलाई अवैध लागूऔषध गाँजासहित पक्राउ गरिएको हो ।
उनको साथबाट करिब आधा किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । मानिसहरु भेला भई गाँजा सेवन गरिरेहका भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई लागूऔषध सहित पक्राउ गरेको हो ।












प्रतिक्रिया