३१ आश्विन २०८३, शनिबार

मेक्सिकोमा भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, २६ वैशाख । मेक्सिकोका अधिकारीहरूले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ रहेको बताएका छन् ।

अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको निजी विमान मेक्सिकोको विकट पहाडी इलाकामा खसेको थियो ।

विधिचिकित्सकहरुले विमानमा रहेका सबैको शव पहिचान गरेको मेक्सिकोका एक सरकारी वकील गेरार्डो मार्केजले बताए ।

उनले ज्यान गुमाएका व्यक्तिमध्ये सात जनाकोे शरीर सग्लो स्वरुपमा भएप नि जलेको अवस्था रहेको तथा अन्य छ जनाको शरीर टुक्राटुक्रा भएको जानकारी दिए ।

नागरिक उड्डयन अधिकारीहरुले बमबार्डियर च्यालेन्जर ६०१ जेट गएको आइतबार सम्पर्क विहीन भएको थियो । उनीहरूले मौसम खराब भएका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरेका छन् ।