१९ कार्तिक २०८३, बिहिबार

आउँदो सोमबार ललितपुरमा सार्वजनिक विदा, यस्तो छ कारण

6.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २५ बैशाख । ललितपुर महानगरपालिकाले आउँदो सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

वाङमय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी महोत्सव मनाउन सोमबार विदा दिने निर्णय गरिएको महानगरपालिकाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विद्यावारिधि प्राप्त व्यत्तित्व जोशी सोमबार अर्थात वैशाख ३० गते ९९ वर्ष पुरा गरि एक सय वर्षमा प्रवेश गर्दैछन् । यस अवसरमा महानगरपालिका, यस अन्तर्गतका सबै वडा कार्यालयहरु, महानगरभित्रका शैक्षिक संघसंस्था ( कक्षा १२ सम्म ) लगायतका संघसंस्थालाई विदा दिने जनाइएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई कला, साहित्य र संस्कृतिमार्फत चिनाउन महत्वपूर्ण योगदान गरेका जोशीको महानगरले वैशाख ३०बाट विभिन्न कार्यक्रम आयोजना गरी एक वर्षसम्म जन्म शताब्दी महोत्सव मनाउने तयारी गरेको छ ।

सोमबार सत्यमोहन जोशीको रथारोहणसहितको ¥याली मंगलबजारबाट सुरु हुनेछ । लगनखेल, जावलाखेल हुँदै पुल्चोकस्थित महानगरपालिकाको कार्यालय परिसरमा आयोजना हुने विशेष कार्यक्रममा जोशीको सम्मान गरिने जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतित्थ्यमा हुने कार्यक्रममा सहभागी हुन महानगरले नगरवासीलाई अनुरोध गरेको छ । । यसैगरी, महानगरले जोशीको दैनिक जीवनयापनलाई सहज बनाउन दुई वर्ष अघि मोटर, सवारीचालक, गार्ड र मोबाइल प्रदान गरेको थियो ।