१९ कार्तिक २०८३, बिहिबार

कोदालो प्रहार गरेर छिमेकीको हत्या

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, २५ वैशाख । वीरगंज महानगरपालिका-३२ बदननगर बस्ने ५५ वर्षीय रत्न माझीको छिमेकीले कोदालो प्रहार गर्दा मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने ३२ वर्षीय ध्रुप माझीसँग जग्गाको विषयमा झैझगडा हुँदा ध्रुपले रत्नलाई मंगलबार साँझ कोदालोले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।

उनको वीरगंज हेल्थ केयर हुँदै थप उपचारको लागि नारायणी अस्पताल रिफर गरेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोदालो प्रहार गर्ने ध्रुपलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

उता, ईलाम नगरपालिका-३  बस्ने २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

देउमाई नगरपालिका-२ बस्ने ३१ वर्षीय  मन्जित राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रक्सेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।