३१ आश्विन २०८३, शनिबार

दक्षिण कोरियाली राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता हुँदै

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोल, ७ मे । कोरियाली प्रायःद्वीपको विषयमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार राति टेलिफोन वार्ता हुने भएको छ ।

दक्षिण कोरियाको ब्लू हाउसले उक्त जानकारी दिएको छ । अमेरिका र दक्षिणी कोरियाली यी दुई नेताबीच अप्रिल ११ को सम्मेलनपछि कोरियाली प्रायःद्वीपका विषयमा आआफ्नो विचार आदानप्रदान गर्ने ब्लु हाउसका प्रवक्ता को मिन जुङ्गले बताएका छन् ।

गत फेब्रुअरीमा भियतनामको हनोईमा उत्तर कोरियाली नेता किम जोङ् अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच विना कुनै सम्झौता वार्ता टुङ्गिएको थियो । –एजेन्सी