१९ कार्तिक २०८३, बिहिबार

सहुलियतपूर्ण ऋण लिन भूकम्प पीडितलाई थप सुविधा

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, बैशाख २४ । सहुलियतपूर्ण ऋण लिन भूकम्प पीडितलाई थप सहज हुने भएको छ । त्यस्तै, भूकम्पपीडितले आवास निर्माणका अतिरिक्त जीविकोपार्जनका लागि थप एउटा कर्जा पनि लिन पाउने छन् ।

मन्त्रिपरिषद्ले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिमा पहिलो संशोधन गरी यस प्रकारको सुविधा उपलब्ध गराइएको हो ।

भूकम्प पीडितले निजी आवास निर्माणका लागि ऋण लिएका भए पनि व्यवसायिक कुषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमी कर्जा, दलित समुदाय विकास कर्जा एवं उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जामध्ये एक शीर्षकको कर्जा लिन सक्नेछन् ।

त्यसैगरी, भूकम्प पीडितले कर्जा लिँदा राख्नुपर्ने धितोको बारेमा पनि प्रष्ट पारिएको छ । भूकम्प पीडित निजी आवास पुनर्निर्माण वा प्रबलीकरण लाभग्राहीले निजी आवास निर्माण कर्जा लिई निर्माण गर्ने वा गरिरहेको घर र सो घरले चर्चेको जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाले ऋण दिनु पर्नेछ ।

त्यस्तै, भूकम्प पीडितलाई निजी आवास निर्माण गर्ने कर्जा लिनका लागि स्थायी लेखा नम्बर (प्यान) आवश्यक नपर्ने भएको छ ।