कावासोती, २४ वैशाख । सडक दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको आयोजनामा पाँचौ संयुक्त राष्ट्रसंघीय विश्व सडक सुरक्षा सप्ताह मंगलबारदेखि सुरु भएको छ ।
संयुक्त राष्ट्रसंघ तथा नेपालको सडक सुरक्षासँग सम्बन्धित विभिन्न संघसंस्थाको सहभागितामा सडक सुरक्षा सप्ताह सुरु भएको हो ।
सडक सुरक्षा सप्ताह अन्तर्गत आज जिल्लाको सदरमुकाम कावासोतीमा सचेतना मुलक पर्चा पम्प्लेट वितरण गरिएको छ ।
पैदल यात्री, सवारी चालकलगायतलाई सचेतनामुलक पर्चा पम्प्लेट वितरण गरेर सडक सुरक्षा सप्ताह सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक युवराज भण्डारीले जानकारी दिए ।













प्रतिक्रिया