३१ आश्विन २०८३, शनिबार

बेलायतका राजकुमार ह्यारीलाई पुत्रलाभ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २४ वैशाख । बेलायतका राजकुमार ह्यारीलाई सोमबार पुत्रलाभ भएको छ । उनीकी पत्नी मेगन मार्कलले ‘निकै स्वच्छ’ बालकलाई जन्म दिएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आफूलाई पुत्रलाभ भएको कुरा राजकुमार ह्यारी आफैँले सञ्चारमाध्यमहरूलाई जानकारी गराएका थिए । सञ्चारमाध्यमहरूका अगाडि निकै हर्षित मुद्रामा देखिएका राजकुमार ह्यारीले आफू सोमबारदेखि पिता भएको बताए ।

उनले आमा र बच्चा दुवै जनाको स्वास्थ्य अवस्था अत्यन्त राम्रो रहेको र पिता भएकोमा आफूलाई नौलो अनुभव भएको पनि जानकारी दिए ।

सन् २०१६ को जुलाई महिनादेखिको प्रेम सम्बन्धलाई उनीहरूले गएको वर्ष वैवाहिक जीवनमा परिणत गरेका थिए । अमेरिकी टेलिभिजनको टेलिशृङ्खलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा संलग्न थिइन् ।