१९ कार्तिक २०८३, बिहिबार

दाङमा आगलागी, चार घर जलेर नष्ट

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, २४ वैशाख । दाङको शान्तिनगर गाउँपालिका ४ जुम्लेकुलाका तीन घरमा आगालगी भएको छ । आगलागीबाट घरमा रहेको सम्पूर्ण सामाग्री जलेर नष्ट भएको पीडित परिवारले बताएका छन् ।

खेतमा तोरी झारेर राखेको कुन्यूमा सल्काएको आगो हावाले उडाउँदा घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक बिनोद बिक्रम शाहले जानकारी दिए ।

आगलागीबाट बुद्धिराम रेउले, उनका भाई गौरिलाल रेउले र बुद्धिरामका छोरा कुलबहादुर रेउलेको घर जलेर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

सोमबार मध्यान्ह लागेको आगो अपरान्ह चार बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय क्षति भने भएको छैन् । तर एक मोटरसाईकल, ६ वटा बाख्रा, दुई गोरु, २ बंगुर, एक बदेल जलेर मरेको छ ।