५ कार्तिक २०८३, बिहिबार

चारवटी पत्नीहरूले पनि बचाउन सकेनन् यी हाइप्रोफाइल सरकारी हाकिमलाई

111.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीले भ्रष्टाचार गरेको सम्पत्ति लुकाउन चारवटी श्रीमती विवाह गरेको खुलासा भएको छ ।

अधिकारीको अकुत सम्पत्ति छानविनका क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यस्तो तथ्य पत्ता लगाएको हो । लेखा अधिकृत अधिकारीले सासु र मामा नाता पर्ने मान्छेको नाममा समेत भ्रष्टाचार गरेको सम्पत्ति लुकाएको अख्तियारले दाबी छ ।

सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्दै अख्तियारले अधिकारीले भ्रष्टाचार गरेर ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपियाँभन्दा बढी अकुत सम्पत्ति कमाएको जनाएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अधिकारीले पदीय मर्यादा विपरीत कार्य गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको र अस्वाभाविक उच्च जीवनशैलीयापन गरेको जानकारी दिएका छन ।

लेखापाल अधिकारी २०५९ असोज १६ देखि २०६० जेठ २५ गतेसम्म रोल्पाको साविक तेवाङ गाविसका सचिव रुपमा काम गरेका थिए ।

२०६० जेठ २६ गतेदेखि २०६५ चैत २९ गतेसम्म नेपाल टेलिकमको सहायकस्तर तह ४ मा कार्यरत रहेका थिए ।

टेलिकममा सेवा गरिसकेपछि २०६५ चैत ३० मा निजामती सेवाको लेखापाल पदमा अधिकारीले नयाँ नियुक्ति लिएका थिए ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुर हुँदै ०६७ चैत २० गते २०७४ वैशाख ६ गतेसम्म यातायात व्यवस्था कार्यालय, इटहरीमा लेखापालको पदमा कार्यरत थिए ।

सोही बेला २०७४ वैशाख ६ मा उनी निलम्बनमासमेत परेका थिए । उनले जागिर खाएको अवधि २०५९ असोज १६ देखि २०७५ वैशाख मसान्तसम्मको आयव्यय तथा सिर्जित सम्पत्तिहरूमाथि अख्तियारले अनुसन्धान गरेको थियो ।

उनले पाउने तलब, भत्ता, प्रोत्साहन भत्ता, जग्गा बिक्री¸ नगद अंश भरपाई, कर्जालगायतबाट कुल ८८ लाख ३४ हजार ८ सय ८५ रुपियाँ आम्दानी हुन आउँछ ।

उनले सोही अवधिमा आफू र श्रीमतीहरू दुर्गा अधिकारी, दीपा श्रेष्ठ (अधिकारी)¸ सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठलगायत सासू पुष्पकुमारी निरौला र मामा नाता पर्ने बलराम शर्मासमेतका नाममा सम्पत्ति राखेका थिए ।

चलअचल सम्पत्ति जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा मौज्दातलगायत गरी ५ करोड ९८ लाख ६८ हजार ५ सय ८ रुपियाँ आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ ।

उनको वैध आम्दानी जम्मा ८८ लाख ३४ हजार ८सय ८५ देखिएको तर ५ करोड १० लाख ३३ हजार ६ सय ३३ रुपियाँ अकुत सम्पत्ति कमाएको देखिएको अख्तियारले जनाएको छ ।

लेखापाल अधिकारीले उक्त सम्पत्तिको स्रोतसमेत खुलाउन नसकेकाले अख्तियारले उनी विरुद्द भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर मबोजिम मुद्दा दायर गरेको जनाएको छ ।

लेखापाल अधिकारीसहित उनका श्रीमतीहरू दुर्गा अधिकारी, दीपा श्रेष्ठ (अधिकारी)¸ सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठ, सासू पुष्प कुमारी निरौला र मामा नाताका बलराम शर्मा समेतलाई प्रतिवादी कायम गरी सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।