५ कार्तिक २०८३, बिहिबार

यस्तो देखियो तस्वीरमा फोरम र नयाँ शक्तिको एकता

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २३ बैशाख । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच औपचारिक एकता भएको छ । सोमबार प्रज्ञा प्रतिष्ठानमा औपचारिक रुपमा एक भएको घोषणा गर्दै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नयाँ पार्टी समाजवादी पार्टी नेपाल हुने बताएका छन् ।

एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको नेताहरुले दाबी गरेका छन् । पार्टीको पहिलो वरियतामा भट्टराई र दोस्रो वरियतामा यादव रहनेछन् । भट्टराई संघीय परिषदको अध्यक्ष र यादव केन्द्रीय समितिको अध्यक्ष रहने सहमति छ ।

सहअध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ । उपाध्यक्षहरूमा नवराज सुवेदी, परशुराम खापुङ,  युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई छन् ।

महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् ।

उपमहासचिव डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् । कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादवले पाएका छन् ।

हेर्नुहाेस् पार्टी एकीकरणका थप तस्वीरहरु :