१९ कार्तिक २०८३, बिहिबार

काभ्रेमा ७३ हजार रपैयाँसहित ६ जुवाडे पक्राउ

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, २२ बैशाख ।  प्रहरीले काभ्रेबाट ७३ हजार रुपैयाँसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बनेपा नगरपालिका-६ रातोमाटेस्थित ज्ञान बहादुर लामाको घरबाट जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई  नगद ७३ हजार ८ सय रुपैयाँ, १ बुक तास र १६ थान कौडा सहित शनिबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।