
काठमाण्डौ, २१ बैशाख । प्रहरीले दुई सय पचास रुपैयाँ घुस दिन खोज्ने बसका चालक र सह-चालकलाई पक्राउ गरेको छ ।
शुक्रबार राति मध्यपुर ठिमि नगरपालिक २ पेप्सी मनोहरा पुल स्थित महानगरीय प्रहरी वृत ठिमिबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा. ४ ख ७११० नम्बरको यात्रु बहाक बसका चालक र सह-चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
बसलाई चेकजाँचको क्रममा आवश्यक कागजपत्र नभएकोले कारबाही गर्न खोज्दा कारवाहीबाट बच्न उनीहरुले नगद रू २५० रूपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।
बस चालक भक्तपुर खरिपाटी बस्ने वर्ष ३१ को रुपेश कार्की, सह-चालक सोही बस्ने वर्ष २० को महेश खनाल र बस, रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले शुक्रबार काठमाडाैँ महानगरपालिका- ६ बौद्ध रामहिटिबाट लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा घर भई काठमाडाैँ बौद्ध -६ रामहिटि बस्ने बर्ष २४ को पासङ लामा र काठमाडाैँ जयबाघेश्वरी घर भई बस्ने बर्ष २१ को आकाश क्षेत्रीलाई अवैध लागू औषध फेनारागन, नोफिन र डाईजोपाम गरी जम्मा -३७२ एम्पुल सहित सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घट्नाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया