सिरहा, २१ वैशाख । सिरहाबाट लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेका छन् ।
सिरहाको मिर्चैया नगरपालिका ३ का २६ वर्षीय सुनिल यादवलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
सवारी चेकजाँच गर्ने क्रममा यादव प्रयोग गरेको ज. ९ प १५७४ नम्बरको मोटरसाईकललाई जाँच गर्दा प्लाष्टिकको झोलामा लुकाईराखेको उक्त परिमाणको लागूऔषध फेला परेको थियो ।
सिरहा नगरपालिका १७ पटहेर्वाबाट लागूऔषध डाईलेक्स डीसी १०० मिलि ग्रामको ४९ बोतलसहित ईलाका प्रहरी कार्यालय माडर र सशस्त्र प्रहरी वल, सिरहाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ पारेका छन् ।
यसको सम्बन्धमा ईलाका प्रहरी कार्यालय मिर्चैयाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले यादवले प्रयोग गरेको मोटरसाईकलसहित यादवलाई पक्राउ गरेको छ ।












प्रतिक्रिया