१९ कार्तिक २०८३, बिहिबार

दाङको शान्तिनगर गाउँपालिकाको एउटा वडामा झाडापखालाको प्रकोप

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, २१ वैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिकामा झाडापखालाको प्रकोप देखिएको छ ।

झाडापखालाका कारण शान्तिनगरको भलानेटी पूरै गाउँ प्रभावित भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

शान्तिनगरको भलानेटीमा झाडापखालाको प्रकोप देखिएपछि शान्तिनगरमा उच्च सतर्कता अपनाइएको छ ।

शुक्रबार बिहानबाट देखिएको झाडापखालाको प्रकोप बढ्दै गएको र बेलुकासम्म ५० जनाभन्दा बढी बिरामी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले बताए ।