
काठमाडाैँ, २० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि आज दिउँसो ३ बजेदेखि महराजगन्जदेखि लैनचौर, महेन्द्रशालिक, माइतीघर हुदै नयाँ वानश्वरसम्मको सडक खाली हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन नयाँ वानेश्वर पुग्ने भएकाले यो रुटमा करिब आधाघण्टा सडक खाली गर्न लागिएको हो ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुने भएकाले यो रुट हुँदै राष्ट्रपति भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको सवारी हुनेछ ।
अतिविशष्ट व्यक्तिहरुको सुरक्षाका लागि ट्राफिक प्रहरीले सडकमा कुनै पनि सवारी साधान चलाउन रोक लगाएको छ भने नेपाल प्रहरी सुरक्षाका लागि सडकको दुवै साइडमा तैनाथ हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओली भने सिंहदरवारबाट संसद भवन पुग्ने कार्यक्रम छ ।
करिब साढे ३ बजे पछि काठमाडौँ उपत्यकाका स्थित महाराजगञ्ज, लैनचौर, महेन्द्रशालिक, सिंहदरवार, माइतीघर र नयाँ बानेश्वर हुँदै चल्ने सवारी साधनको आवागमन प्रभावित हुनेछ ट्राफिक प्रहरीले जनाएको छ ।
यो समयावधिभर सवारी साधनका चालकलाई वैकल्पीक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । ‘विशिष्ट व्यक्तिको सुरक्षालाई मध्यनजर गरि काठमाडौँ उपत्यकाको नारायणगोपाल चोक, बालाजु, सोह्रखुट्टे, टुकुचा, लैनचौर, जयनेपाल, कृष्णपाउरोटी, कमलादी, पुतलीसडकबाट केही समयको लागी सवारी साधनलाई ट्राफिक प्रहरीले डाइभर्सन गर्ने बताएको छ ।
यस्तै, पद्धमोदयमोड, त्रिपुरेश्वर, थापाथली, थापागाउँ, हनुमास्थान, जावलखेल, मुनिभैरव र कोटेश्वरबाट पनि सवारी साधनलाई डाइभर्सन गरिने महानगरीय कट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।












प्रतिक्रिया