
भक्तपुर, २० बैशाख । मध्यपुर थिमी नगरपालिका-१ कौशलटारबाट हात्तीको दाह्रा जस्तो देखिने वस्तु १ थानसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं स्वयम्भू सानोभर्याङ बस्ने दोलखा बैतेश्वर गाउँपालिका-४ का ३० वर्षीय रुपेश खड्का र सोही स्थान बस्ने गुल्मी रुरु गाउँपालिका-४ का २३ वर्षीय भाष्कर पौडेल रहेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया