
काठमाडाैँ, २० बैशाख । प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान काठमाडाैँ महानगरपालिका-२६ ठमेल नर्सिङ चोकमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ललितपुर लेलेका १९ बर्षीय नारायण तामाङ र सोही स्थान बस्ने १९ बर्षीय सुमन स्याङ्ताङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले चलाएको बा.१ ज २०९६ नम्बरको ट्याक्सीले बिजय लामाको बा. २ ज २४९९ नम्बरको ट्याक्सीलाई ठक्कर दिए पश्चात ट्याक्सीको पछाडीको भागमा क्षती पुगेकोले बा. १ ज २०९६ नम्बरको ट्याक्सीलाई कारबाही गर्न खोज्दा कारवाहीबाट बच्न निजहरूले नगद रू ५ सय रूपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।
नगद सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया