शनिबार, ७ भदौ २०७६
DainikNepal.com
शनिबार, ७ भदौ २०७६

नेपालको पहिलो कार्बन न्युट्रल एअरलाइन्स, यति एअरलाइन्स

दैनिक नेपाल २०७६ वैशाख २० गते ११:२३

काठमाडौं, २० वैशाख । जलवायु तटस्थताको लागि संयुक्त राष्ट्र संघको ग्रिनिङ दी ब्ल्यु भन्ने अवधारणालाई आत्मसात गर्दै सन् २०१८ मा हरित गृह ग्याँस उत्सर्जनलाई घटाउन र अफसेट गर्न सफल यति एअरलाइन्स नेपालको पहिलो र सम्भवतः दक्षिण एशियाकै पहिलो कार्बन न्युट्रल एअरलाइन्स भएको छ ।

एअरलाइन्सले संयुक्त राष्ट्र विकास कार्यक्रमद्वारा संचालित स्वतन्त्र कार्वन अडिट प्रक्रियामा सहभागी भई एअरलाइन्सको कुल कार्वन उत्सर्जनको गणना गरी त्यसलाई घटाउन र अफसेट गर्न योजना बनाएको छ ।

इन्डिपेन्ट कार्बन अडिटका अनुसार यति एअरलाइन्स्ले सन् २०१८ मा आफ्नो सम्पूर्ण उडानहरु, वाहनहरु र अन्य साधनहरु समेतबाट १९,६६५ टन बराबर कार्वनडाईअक्साइड उत्सर्जन गरेको थियो ।

उत्सर्जनबाट लगभग ३,२५,१६५ रुखहरुद्वारा दश वर्षभन्दा बढीसम्मको कार्वनको मात्रा बराबर अनुक्रमित गर्दछ । कुल जिएसएस उत्सर्जनको ९९.९ प्रतिशत एअरलाइन्सको उडान संञ्चालन बापत उत्सर्जन गर्दछ ।

सन् २०१७ र २०१८ को बीचमा कम इन्धन खपत हुने विमानको प्रयोग गरि प्रति उडान किलोमिटर २० प्रतिशत घट्नुका साथै प्रति यात्री १२ प्रतिशतले कार्बन उत्सर्जन घटेको थियो छ ।

यति एअरलाइन्सले जेटस्ट्रीम–४१ जहाजको सञ्चालन क्रमबद्ध रुपमा काम गर्दै एटिआर ७२ – ५०० जस्ता कम इन्धन खपत हुने विमानको सञ्चालन गरेर कम जिएचजि उत्सर्जन उत्पादन गर्न सफल भएको छ भने जेटस्ट्रीम–४१ जहाजलाई क्रमशः हटाउँदै लैजाने निती लिईएको छ ।

प्रतिक्रिया
सम्बन्धित