काठमाडौं, २० वैशाख । बैदिक धर्म गुरुका रुपमा सुपरिचित पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीज्यू महाराजको नेतृत्व एवं शुभसंकल्पमा राजधानीको धापासीमा ऐतिहासिक धार्मिक
स्थलको रुपमा देबघाटधामको शाखा निर्माण सपन्न भएको छ ।
हरि–विष्णु र हर–शिवको बिग्रह प्रतिष्ठापित मन्दिरको रुपमा हरिहर मन्दिर र सोही मन्दिरको नामबाट हरिहर सन्यास आश्रम पनि हालै सम्पन्न भएको हो । आम धर्माबलम्बीहरूले अति श्रद्धाको रुपमा लिने हरिहर आश्रम राजधानीमा स्थापित हुनुलाई उपत्यकाबासीले निकै गौरबको अनुभूति गरेका छन् ।
अति सुन्दर र ऐतिहासिक हरिहर मन्दिर, हरिहर आश्रम, बैदिक कर्मानुष्ठान गर्ने हवनकुण्ड, बाचनालय देवघाटको गुरुकुलम शाखाको रुपमा टोखानगरपालिका ६ धापासी ग्राण्डी अस्पताल अगाडि निर्माण सम्पन्न भएको धार्मिक शुभकार्यको उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोख्रेलले वैशााख २५ गते बिहान उदघाटन गर्ने कायक्रम रहेको छ ।
हरिहरमन्दिर बिराटज्ञानमहायज्ञ तथा टोखानगर धार्मिक महोत्सव पनि सोही दिनदेखि अर्थात वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म संचालन हुनेछ ।
नैनदेबीभगवतीको परिसरमा निर्मित हरिहरमन्दिर, हरिहर सन्यास आश्रमले टोखानगरलाई मात्र होइन काठमाडौं राजधानीबासीलाई अर्को धार्मिक श्रद्धाको पबित्र स्थान बनाएको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बताए ।
बुट्याान, झाडीले भरिएको स्थानलाई धार्मिक बनको रुपमा विकास गरी सो क्षेत्रको विकास र बालबालिकाहरूलाई गुरुकुलम शिक्षा पनि दिने गरी सो क्षेत्रको विकास समेत गरिएको छ ।
हरिहर सन्यास आश्रम, श्रीपरमानन्द संस्कृत गुरुकुल बिधापीठम देबघाटधाम तथा नेपाल सन्त समाजका अध्यक्ष, पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले सो क्षेत्रका नागरिकहरूको माग र अपेक्षाअनुसार उनीहरूकै सहयोगमा आफूले टोखा नगरको धापासीमा हरिहर मन्दिर, हरिहर सन्यास आश्रम निर्माण गरेको स्पष्ट पारेका छन् ।
विश्वको एक मात्र सालग्रामबाहिनी कालीगण्डकी र त्रिशुलीगंगाको संगमस्थल देबघाटधाम, देवमूर्तिको रुपमा परिचित देवघाट पूर्विय दर्शनको अध्ययनभूमिको रुपमा पनि परिचित छ ।
जसको शाखा धापासीमा पनि हुनुलाई राजधानीबासीले निकै उत्साहका साथ लिनुका साथै धार्मिक संस्कार, असल बानी ब्यहोरा, असल सस्कार, गुरु र आफूभन्दा जेष्ठ नागरिक एवं मान्यजन प्रतिआदर गर्ने सस्कारलाई विकास गर्न थप सहयोग पुग्ने विश्वास गरेको टोखानगरपालिका बिराटज्ञान महायज्ञ टोखानगर धार्मिक महोत्सब मुल आयोजक प्रचार प्रसार समितिका सयोजक एवं बरिष्ठ पत्रकार टंक पन्तले जानकारी दिए ।
हरिहर मन्दिर समुदघाटन, देबमूर्ति प्राणप्रतिष्ठा, बिराटज्ञान महायज्ञ एवं टोखानगर धार्मिक महोत्सबका बारेमा जानकारी गराउने उद्धेश्यले बिहीबार आयोजित पत्रकार सम्मेलनमा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले यहि वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म धापासीको ग्राण्डी अस्पताल अगाडि हुने पवित्र कार्यक्रममा सपरिबार पाल्न बिशेष आग्रह गरेका छन् ।
श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले महायज्ञबाट हुने सहयोगको परिचालन गरी धार्मिक अनुष्ठानको माध्यमबाट बिभिन्न ११ जिल्लामा आधुनिक विद्यालय पनि संचालन गरेका छन् ।
गुल्मी, बाग्लुङ्ग, म्याग्दी, अर्घाखाँची, रुपन्देही, नवलपरासी, नवलपुर, चितवन तनहुँ, पाल्पा, पर्वत लगायतका जिल्लामा संचालित बिद्यालय संचालनले ज्ञानानन्द स्वामीलाई बैद्धिक धर्मका उपकुलपति पनि भनिन्छ ।












प्रतिक्रिया