५ कार्तिक २०८३, बिहिबार

पुनम र ओभिया ‘लिटिल मिस हेरिटेज, युनिभर्स’ घोषित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘लिटिल मिस हेरिटेज, युनिभर्स २०१९’को उपाधि पुनम श्रेष्ठ र ओभिया भण्डारीले जितेका छन् । पुनमले सिनियर तथा ओभियाले जुनियर तर्फको उपाधि हात पारेका हुन् ।

विजेता दुवैलाई पूर्व विजेता प्रशंसा रायामाझी र सरिका प्रजापतिले क्राउन लगाई दिएका थिए ।

१४ प्रतियोगीलाई पछि पर्दै उपाधि चुमेका दुवै विजेताले नगद रु २५ हजार नगदसहित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिताको अवसरका साथै पोखरा घुम्ने प्याकेज र बिभिन्न गिफ्ट उपहारका रुपमा प्राप्त गरेका छन् ।

डीएभी कलेज जावालाखेलको प्रेक्षालयमा बुधबार अबेर साँझ सम्पन्न प्रतियोगिताको फाइनल स्पर्धामा सिनियरतर्फ फस्र्ट रनरअप (लिटिल मिस हेरिटेज वल्र्ड) निरजला महरर्जन र सेकेण्ड रनरअप (लिटिल मिस हेरिटज नेपाल ग्लोबल) विनिता नेपाल घोषित हँुदा जुनियरतर्फ फस्ट रनरअप (लिटिल मिस हेरिटेज ग्लोबल २०१९) गरिमा रंजित र सेकेण्ड रनरअप (लिटिल मिस हेरिटज नेपाल ग्लोबल) प्रियान्सी लामा छानिए ।

‘परिवर्तनका लागि जेनिथ’ भन्ने मूल नाराका साथ कलिला मस्तिष्कहरुमा सकरात्मक विकास गराई उनीहरूको व्याक्तित्व विकास र आत्मविश्वास अभिवृद्धि गर्दै मिडिया, समाज र मुलुकका लागि कुशल नेतृत्वदायी व्यक्ति उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक जेनिथ ईन्टरटेनमेन्टका कार्यकारी निर्देशक प्रमोद केसी बताए ।